हर्क साम्पाङको प्रश्न: “अध्यादेश किन?”

Mulbasinews.com

माननीय हर्क साम्पाङले सरकारले हालै अध्यादेश ल्याएको विषयमा कडा प्रश्न उठाएका छन्। उनले असामान्य परिस्थिति नभएको अवस्थामा अध्यादेश ल्याउनुको औचित्यमाथि गम्भीर शंका व्यक्त गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै लेखेका छन्—

“के देशमा कुनै प्राकृतिक विपत्ति आएको छ? के राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भएको छ? के कुनै कानुनी शून्यता सिर्जना भएको छ? कि संसद बैठक बस्नै नसक्ने असामान्य परिस्थिति बनेको छ?”

उनले अध्यादेश ल्याउने कदमले संघीय संसद नेपाल को भूमिकालाई कमजोर बनाउने संकेत देखिएको बताएका छन्। “के यो संसदलाई कमजोर बनाउने प्रयास हो? के जनप्रतिनिधिको भूमिकालाई सीमित गर्ने नियत हो? के यो देशलाई निरंकुशता तर्फ उन्मुख गराउन खोजिएको हो?” भन्ने प्रश्नमार्फत उनले सरकारको कदमप्रति आलोचना गरेका छन्।

साम्पाङको भनाइले अध्यादेशको प्रयोगबारे पुनः बहस सुरु गराएको छ। राजनीतिक वृत्तमा यस विषयलाई लिएर समर्थन र विरोध दुवै देखिन थालेको छ।

प्रतिक्रिया